भ्रमण वर्ष २०२० तयारीमा कहिले के भयो ?

Visit-Nepal2020
लाेकपाटी न्यूज

काठमाडौं । भौगोलिक विविधता, सांस्कृतिक विविधता तथा कुशल कला कौशलले गर्दा विदेशी पर्यटक नेपालमा आकर्षित भएको पाइन्छ। नेपाल विश्वका आकर्षक गन्तव्यमध्येमा पर्छ। नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। भ्रमण वर्ष सफल बनाउन सरकारले गरेका पहलको समयसहितको जानाकारी तल प्रस्तुत गरिएको छ।

नेपाल सरकारबाट भ्रमण वर्ष मनाउने निर्णय २०७४ श्रावण २९ गते गरिएको थियो। नेपाल भ्रमण वर्ष २०२० को लागो बनाउन नेपाल सरकारको तत्कालिन नागरिक उड्यान तथा पर्यटनमन्त्री स्वःरविन्द्र अधिकारिको अध्यक्षतामा रहेको समितिले नेपालको कलासंस्कृति झल्कने लोगो बनाउन फेसबुक मार्फत १० दिन समयसिमा राखेर सूचना जारी गरेको थियो।

नेपाल भ्रमण वर्षको लोगोको लागि १सय ४५ लोगोको निवेदन परेको थियो। उद्धव रिमालले बनाएको लोगो सर्वोकृष्ठ ठहरिएको थियो । जसबापत रिमालले १ लाख पुरस्कार प्राप्त गरेका थिए।

नेपाल भ्रमण वर्षको लोगोको सार्वजनिक २०७५ साल जेठ २५ गते भएको थियो । नेपाल भ्रमण वर्षको लोगोमा चार रंग देखिन्छ।

पहेलो रंगले ज्ञान अध्ययनको सङ्केत गर्दछ। लोगोमा स्तूपा पहेलो रंगमा रहेको छ । नीलो रंग शान्ति, एकता, आत्मविश्वास र सत्यता सत्यताको सङ्केत गर्दछ । रातो रंगले विजय, शक्ति,उर्जा र प्रेमको संङ्केत गर्दछ।

भ्रमण वर्षको लोगोमा माछापुच्छ्रे र सगरमाथाको चित्र अंकित गरिएको हो। भ्रमण वर्षको नारा नेपाल भ्रमण वर्ष २०२० नारा जीवन कालको अनुभव भन्ने रहेको छ। सायक नारा समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं। गरौं तयारी धुमधाम, पाउनालाई गराऔं घुमघाम । गरी दुई वटा नारा राखिएको छ।

भ्रमण वर्ष २०२० को मस्कट हिम मानव यति रहेको छ। यति बनाउने कलाकार आङछिरिङ शेर्पा हुन् । भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्य हुन। संयोजकको घोषणा २०१९ नोबेम्बर २ मा भएको थियो।

भ्रमण वर्ष अभियानलाई सफल बनाउन हलियुड अभिनेत्री जोआना लुम्लेलाई चयन गरिएको छ। लुम्ले बृटिस र गोर्खाको विभेद विरुद्ध लड्ने व्यक्ति हुन्। जोआना लुम्ले सद्भावना दुत नियूक्तसन् २०१९ नोबेम्बर ७ मा भएका थिए। भ्रमण वर्ष प्रवद्धनका लागि बृटिस धनाड्य गोपि चन्द अर्मानन्द हिन्दुजा र भारतका सन्दीप कुमार बर्मा राजनीतिज्ञलाई राखेको छ। भ्रमण वर्षको सचिवालयले पहिला टर्कीस् एयलाइन्सलाई २०१९ डिसेम्बर २० मा र २०२० जनवरी १५ मा दोस्रो आधिकारी विमान नेपाल एयरलाइन्सलाई बनाएको थियो।

नेपाल भ्रमण वर्षको अफिसियल सङ वेलकम टु नेपाल हो। यो अग्रेजी भाषामा गाइएको गीत हो ।यो गीतका गायक राजेश पाल राई हुन। गायिका वैशाली लामा हुन्।
भ्रमण वर्षको गीतको शब्द रचना स्वप्नील बरालले गरेका हुन्। संगीत बादल लिम्बुले गरेका हुन्। २०७६ पौष ८ गने गीत सार्वजनिक गरिएको थियो।

भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन २०२० जनवरी १ अर्थात् २०७६ साल पौष १६ गते भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्