सामान्य ज्ञान : नेपालका महत्त्वपूर्ण तिथिमितिहरु जान्नुहोस्

Nepal Map
लाेकपाटी न्यूज

काठमाडौं। वि.सं. १३१७ मा अरनिको चीन गएका थिए। १६१६ भदौ २५ गते द्रव्य शाहले गोरखा राज्यको स्थापना गरेका थिए। १६९३ मा कृष्ण मन्दिरको निर्माण गरिएको थियो। त्यसैगरी १७२७ मा रानी पोखरीको निर्माण भएको थियो।

वि.सं. १७७९ साल पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो। १८०१ असोज १५ गते उनले नुवाकोटमाथि विजय हासिल गरेका थिए। उनले १८१४ मा कीर्तिपुरमाथि प्रथमपटक आक्रमण गरेका थिए। १८२२ मा उनले कीर्तिपुर विजय गरेका थिए। १८२५ असोज १ गते कान्तिपुर विजय गरेका थिए। पृथ्वीनारायण शाह १८२५ असोज २४ गते ललितपुरमाथि विजयी भएका थिए। १८२६ मंसीर १ भक्तपुरमाथि विजयी हासिल गरेका थिए।

वि.सं. १८४६ मा नेपाल तिब्बत प्रथम सन्धि भएको थियो। १८७२ अर्थात् १८१६ मार्च ३ मा सुगौली सन्धि भएको थियो। १९०३ असोज २ गते कोतपर्व भयो। त्यसैगरी १९०३ कार्तिक १२ गते भण्डारखाल पर्व भयो। वि.सं. १९०३ मा जंगबहादुर शक्तिशाली भएपछि नेपालमा राणाशासनको सुरुवात भयो।

वि.सं. १९०६ मा जंगबहादुरको युरोप यात्रा भयो। १९०८ पुस ७ मा नेपालमा छापाखानाको प्रारम्भ भयो। १९१० सालमा मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना भयो। १९११ मा नेपाल–तिब्बत युद्ध प्रारम्भ भयो। १९१७ मा नयाँ मुलुकका रुपमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपालले फिर्ता पाएको थियो।

वि.सं. १९४४ असार १४ मा चिठ्ठीमा टिकट टाँस्ने चलन सुरु भयो। १९४७ साउन १२ मा वीर अस्पतालको निर्माण गरियो। १९५८ वैशाख २४ गतेबाट गोर्खापत्रको प्रकाशन सुरु गरियो। १९६८ मा अमाली प्रथा खारेज, बिजुलीको निकाल्न सुरु र जनगणनाको सुरुवात गरियो। १९७५ मा त्रिचन्द्र कलेजको स्थापना भयो।

वि.सं. १९७७ मा सती प्रथा उन्मूलन र मकै पर्व भयो। १९८१ मा दास प्रथाको अन्त्य भयो। १९८९ मा चिडियाखानाको स्थापना भयो। १९९० मा महाभूकम्प आयो। १९९० कार्तिक १६ मा नेपालमा एसएलसी बोर्डको स्थापना भयो। १९९७ मा गंगालाल श्रेष्ठ, दशरथ चन्द ठाकुर, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई फासी दिइयो।

वि.सं. २००२ असोज १ बाट नेपालमा कागजी नोटको प्रचलन आयो। वि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भयो। वि.सं. २०१५ मा नेपालमा पहिलो आम निर्वाचन भयो। वि.सं. २०१६ साल जेठमा बिपी कोइराला प्रधानमन्त्री भए। २०१७ साल पुस १ गते नेपालमा निर्दलीय पञ्चायती शासन सुरु भयो।

२०२८ सालमा वीरेन्द्रले राजकाज सम्हाले। २०३७ जेठमा नेपालमा जनमत संग्रह भयो। २०४६ चैत्र २६ गते नेपालमा जनआन्दोलन भयो। २०५२ साल फागुन १ गतेबाट नेपालमा सशस्त्र युद्ध भयो। २०६३ मंसीर ५ गते नेपालमा शान्ति सम्झौता भयो। २०६५ जेठ १५ मा गणतन्त्रको घोषणा भयो। २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्