काठमाडौं । नेपालमा पूर्ण साक्षरका रुपमा घोषित हुने पहिलो अञ्चल राप्ती हो । राप्ती अञ्चल २०७३ जेठ ६ गते पूर्ण शाक्षर जिल्ला घोषणा भएको हो । पेरिसबाट इजिप्टको राजधानी कायारेका लागि उडेको इजिप्ट एयरको विमान सन् २०१६ मे १९ दुर्घटना भएको थियो ।
चलचित्र पत्रकार संघले यस बर्ष २०७३ को चलचित्र पत्रकारिता सम्मान डब्बु क्षेत्रीलाई प्रदान गर्यो । २५६० औ बुद्ध जयन्तीका अवसरमा आयोजित अन्तराष्ट्रिय बौंद्ध सम्मेलनले १० बुँदे घोषणापत्र जारी गरेको थियो ।
बहुपक्षीय कर्जादाता निकाय विश्व बैठकले महामारी बीमा योजनाको घोषणा – सन् २०१६ मे २१ गरेको थियो । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मे मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० देखि सन् २०१५ सम्मको अवधिमा विश्वको अपेक्षित आयु – ५ बर्ष वृद्धि भएको छ ।
सबैभन्दा बढी पटक सगरमाथाको सफल आरोहण गर्ने महिला पर्वतारोही संखुवासभाकी सुश्री ल्हाक्पा शेर्पा हुन् ।२०७३ जेठ २ र ३ मा राजधानीमा सम्पन्न भएको लघुवित्त सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गरेको थियो ।
पिछडिएको जनताको जीवनस्तर उकास्न, उद्योगको स्थितिमा सुधार ल्याउन, निर्यात बढाउन जस्ता विशेष अवस्थामा निश्चित अवधिका लागि कर नलगाउने वा कर छुट दिने व्यवस्थालाई ट्याक्स होलिडे भनिन्छ ।
बसाई सराईसम्बन्धी अभिलेख राखी प्रमाणपत्र दिने निकाय स्थानीय निकाय गाउँपालिका तथा नगरपालिका हो ।नेपालको २०२८ सालको जनगणना जनगणनामा सर्वप्रथम कम्प्युटरको प्रयोग गरिएको थियो ।
विश्वमा सबैभन्दा बढी पाइने बाघको प्रजाति रोयल बंगाल हो । बाघको वैज्ञानिक नाम प्यान्थेरा टाइग्रिस हो । नेपालको विद्युत तथा उर्जा संग्राहलय फपिङ्ग रहेको छ ।
अन्तराष्ट्रियस्तरको फुटबल प्रतियोगितामा पहिलो गोल गर्ने नेपाली खेलाडी बाईपी घले हुन् । पोलियो विरुद्धको खोप पत्ता लगाउने वैज्ञानिक जोन साल्क हुन् ।
मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई – एन्जियोप्लास्टो भनिन्छ । सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलिय पिण्डको सतहबाट परार्वतन हुने प्रकाशको परार्वतन शक्तिलाई अलबिडो भनिन्छ ।
विम्स्टेकमा निर्धारण गरिएका प्राथमिकताका क्षेत्र १४ क्षेत्र , छन् र गरिबी निवारणसम्बन्धी क्षेत्रको संयोजन नेपाल राष्ट्रले गर्छ ।
बिश्व राष्ट्रिय निकुञ्ज सम्मेलन प्रत्येक १० बर्ष समयको अन्तरालमा आयोजना गरिन्छ ।भारतको पहिलो महिला राष्ट्रपति प्रतिभा पाटेल हुन् । दरबार स्कुलका प्रथम प्राध्यापक मिस्टर क्यानिङ्ग थिए । नेपाली साहित्यमा पिएचडी गर्ने प्रथम व्यक्ति बासुदेव त्रिपाठी
हुन् ।
नेपाल सरकारको मनोनयनमा एक बर्षदेखि दुई बर्ष अध्ययन वा तालिममा जाने कर्मचारीले अध्ययन वा तालिम पूरा गरी फर्केपछि न्यूनतम ४ बर्ष अवधि सेवा गर्नुपर्ने व्यवस्था छ ।
वि.सं २००७ मा नेपालको साक्षरता प्रतिशत २ प्रतिशत थियो ।नेपालमा सर्वप्रथम बाल दिवस वि.सं २०१६मनाईएको थियो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को अध्यक्ष नेपाल सरकार हुने व्यवस्था छ । कार्यक्रम वा शैक्षिक सत्रको अन्त्यमा गरिने मूल्यांकन निर्णयात्मक मूल्यांकन हो ।
दुई वा दुईभन्दा बढी तत्वबीच रासायनिक प्रतिक्रिया भई बनेको पर्दाथलाई यौगिक भनिन्छ । कुनै भौतिक परिमाण मापनका लागि बनाईएको स्टान्र्डड परिमाण लाई एकाई भनिन्छ ।
नेपालमा हाल संरक्षित पक्षी नौ प्रकारका छन् भने संरक्षित स्तनधारी जन्तु २७ प्रकारका छन् ।नेपालमा बास्तुकलाको उल्लेखनीय विकास मल्लकालमा भएको थियो । लिच्छवी कालमा प्रधानमन्त्रीलाई महासामन्त भनिन्थ्यो ।महगायक गोपाल नारायणको निधन वि. सं २०४७ मंसिर १९ गते भएको थियो ।



लाेकपाटी न्यूज

