काठमाडौं । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्यामु शेर्पा हुन् । नेपालको पहिलो महिला उपसभामुख लिला श्रेष्ठ हुन्। पहिलो महिला वरिष्ठ अधिवक्ता शुशिला सिहं हुन। नेपालको पहिलो मन्त्री द्धारीका देवी ठकुरानी हुन्। नेपाल राज्यको प्रथम महिला उत्ताराधिकारी नायक देवी हुन।
सर्वप्रथम पी.एच.डी.गर्ने नेपाली महिला प्रभा बस्नेत हुन्। त्रिविबाट पी.एच.डी.गर्ने पहिलो महिलाविनु लोहोनी हो । नेपाली भाषामा पी.एच.डी.गर्ने पहिलो महिला सुभद्रा सुब्बर हुन । नेपाली साहित्यमा पी.एच.डी.गर्ने पहिलो महिला वानिरन गिरी हुन् ।एस.एल.सी.पास गर्ने पहिलो महिला प्रभा राज्यलक्ष्मी देवी राणा हुन् । एस.एल.सीमा बोर्ड फस्ट हुने पहिलो महिला लुना भट्ट हुन् ।
पहिलो नेपाली महिला इन्जिनियर कान्ती मल्ल हुन। नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी उषा नेपाली हुन ।नर्सिङ विषयमा डक्टर अफ एजुकेशन प्राप्त गर्ने पहिलो नेपाली महिला उमादेवी दास हुन् । भारतमा नेपाली गीत रेकर्ड गर्ने पहिलो महिला मेलवादेवी हुन।
पहिलो महिला राजदुत बिन्देश्वरी शाह हुन् । राजसभाको प्रथम महिला सदस्य सरस्वती राई हुन। महिला संघ प्रथम अध्यक्ष योगमाया कोइराला हुन् । पहिलो महिला पाटी अध्यक्ष पम्फा भुषाल हुन् ।पहिलो महिला उपप्रधानमन्त्री शैलजा आर्चाय हुन् ।मदन पुरस्कार पाउने पहिलो महिला लेखक पारिजात हुन् ।
लोकसेवा आयोगको पहिलो महिला सदस्य उमा पाण्डे हुन्। पहिलो विशिष्ट श्रेणीको महिला सचिव चन्द्रकला किरण हुन् । पहिलो महिला प्रिन्सिपल अंगुरबाबा जोशी हुन्। पहिलो नेपाल सुन्दरी रुबि राणा हुन् । पहिलो महिला प्रहरी उपरिक्षक डा.भारती याखुम्बा हुन् । पहिलो महिला इनसपेक्टर निलमदेवी हुन्। वीर अस्पतालको पहिलो महिला सुपरिटेन्डेन्ट डा.राजवाई राणा हुन्।
चित्रकारितामा पी.एच.डी.पहिलो नेपाली महिला सिमा शर्मा हुन् । मनोविज्ञानमा पी.एच.डी. गर्ने पहिलो महिला आरजु राणा हुन्। पहिलो महिला नायिका भुवन चन्द हुन्।पहिलो महिला जिल्ला सभापति ओम टेम्पु लामा हुन्। पहिलो महिला आयुर्वेदाचार्य डा.कादम्बरी आचार्य हुन्।बेलायतबाट स्नाकोत्तर गर्ने पहिलो नेपाली महिला नयापाल राज्यलक्ष्मी हुन्।
पहिलो महिला सम्पादक कुमारी कामक्षी हुन् ।पहिलो महिला डि.एस.पी पर्वती थापा हुन् । रेडियो नेपालमा गीत गाउने पहिलो महिला रानुदेवी अधिकारी हुन् । पत्रकारितामा विद्यावारिधि गर्ने पहिलो महिला गीतामैया श्रेष्ठ हुन्। नेपाल प्रध्यापक संघको पहिलो महिला सभापति सुप्रभा घिमिरे हुन्।
नेपालको पहिलो महिला न्यायधिश शारदा श्रेष्ठ हुन्। खुला प्रतिस्पर्धाबाट सहसचिव हुने पहिलो नेपाली महिला बिन्दा हाडा हुन्। नपालको पहिलो महिला फोटोग्राफर टिका सिंह हुन्।नेपालको पहिलो होटल व्यवसायी महिला अन्ना राणा हुन्।
नेपाली सेनामा प्रवेश गर्ने पहिलो महिला ज्ञानि शाह हुन्। नेपालको पहिलो महिला कमिस्नर राज बन्दन जोशी हुन्। नेपालको पहिलो सवारी चालक मन्छुरा देवी हुन्। नेपालको पहिलो महाप्रबन्धक अम्बिका प्रधान हुन्।प्रथम महिला फिफा रेफ्रि कल्पना शर्मा हुन्।
एम.एस्सी गर्ने पहिलो महिला डा.विजया उपाध्याय हुन्। नेपालको पहिलो महिला मुस्लीम डाक्टर रोसन् आराँ खाँहुन्। नेपालको पहिलो महिला नगरपालिका सदस्य साधना देवी उपाध्याय हुन् । नेपालको पहिलो महिला प्रहरी सरस्वती उपाध्याय हुन्। विमान चालक सेवामा प्रवेश गर्ने पहिलो महिला रक्षा राणा हुन्। विमान चालकको लाइसेन्स लिने पहिलो महिला गीता राणा हुन्।
नेपालको पहिलो तबला वादक महिला कमला प्रधान हुन्।पहिलो नेपाली सितारा वादक मनप्रिया माथेमा हुन्। हलो जोत्ने पहिलो नेपाली महिला दिल कुमारी श्रेष्ठ हुन्। पहिलो नेपालकी भागवत वाचिका तारा घिमिरे हुन्।पहिलो नेपाली महिला मुक्र्तिकार सुष्मा खतिवडा हुन्। पहिलो पटक स्नाकोत्तर गर्ने दृष्टिविहिन महिला सीता ज्ञावली हुन्।
नेपालको पहिलो ब्युटिशियन कल्पना श्रेष्ठ हुन्। नेपालको पहिलो महिला संगितकार कोइलिदेवी माथेमा हुन्। नेपालको पहिलो चलचित्र निर्देशक महिला सुमित्रा श्रेष्ठ हुन्। पहिलो नेपाली महिला हाँस्य कलाकार वसुन्धरा भूषाल हुन्।



लाेकपाटी न्यूज

