काठमाडौं, ३ माघ। विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महशुस भएको बताएकी छिन्। प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि गायिका आस्था राउतले आफैलाई ग्लानी महसुस भएको बताएकी हुन्।
आज फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुव्र्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको बताएकी छिन्। राउतले भनिन्, ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन।’ राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्, ‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ। फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस्।’
‘भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपथ्र्यो । तर, उजुरी त गर्थें गर्थें,’ गायिका राउतले भिडियोमा भनेकी छिन्, ‘मैले संयमित भएर बोल्न सकिन। त्यसको लागि माफी चाहन्छु ।’ कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतले बताइन्। ‘राम्रो कामको तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थे,’ राउतले फेसबुक लाइभमार्फत् बताएका हुन्।



लाेकपाटी न्यूज

