काठमाडौं। सञ्जयलीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ को फस्ट लुक सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा छिन् नायिका आलिया भट्ट। आलियाले आफ्नो सोसल मिडियामा यसको पोस्टर सेयर गरेकी छन्।
फिल्म २०२० को सिप्टेम्बरमा रिलीज हुने भएको छ। हुसैंन जैदीको पुस्तक ‘माफिया क्वीन्स अफ मुम्बइ’ मा आधारित फिल्ममा डन गंगूबाइको कथा देखाइने छ। गंगूबाई ६० को दशकमा मुम्बई माफियाको ठूलो नाम थियो। उनलाई श्रीमानले पाँच सय रुपैयामा कोठीमा बेचेका थिए।
त्यसपछि उनले यौंन व्यवसायलाई अंगालेकी थिइन्। यसै कथाको सेरोफेरोमा फिल्म निर्माण हुँदै छ। फिल्ममा आलिया भट्ट बाहेक अजय देवगनको पनि अभिनय छ। फिल्मको लागि आलिया गुजराती थिएटरमा काठियावाडी सिक्दै छिन्। फिल्मको निर्माताका रुपमा भन्साली र जयन्तीलाल गढा छन्।



लाेकपाटी न्यूज

