पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

Sarbajanik-bida
लाेकपाटी न्यूज

झापा, २६ पुस। झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका हुन्।

नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए।

त्यस्तै, झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाको बैठकबाट निर्णय गरेर राष्ट्र निर्माताको सम्मान एवं जयन्ती मनाउन गाउँपालिकामा बिदा दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्