काठमाडौं। भर्सटायल अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। मंगलबार एक कार्यक्रमकाबीच विशाल सापकोटाको निर्देशकिय डेब्यू सिनेमाको ट्रेलर रिलिज गरिएको हो।
पोस्टर र टीजर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्मको ट्रेलर इमोसनल र इन्गेजिङ छ। एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन्।
सिनेमामा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि अभिनय छ। दिनेश राउत र सुभाष थापाले निर्माण गरेको सिनेमामा माघ २४ गते रिलिज हुँदैछ।
सिनेमामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ।



लाेकपाटी न्यूज

