महेन्द्र प्रसाद चम्लागाई चेम्बरको अवैतनिक व्यवसायीक प्रतिनिधी

photo
लाेकपाटी न्यूज

काठमाडौं, १७ पुस। नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवसायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्धिपक्षिय आर्थिक, व्यापारीक, लगानी, पर्यटन प्रबद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको कार्यकालमा नवनियुक्त प्रतिनिधी चम्लागाईको लामो व्यवशायीक शीप र अनुभवबाट द्धिपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वष्पूर्ण हुने बताए।

चम्लागाई उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्ध निर्देशक हुन्।