सपनाको ‘सपना’ सार्वजनिक (भिडियोसहित)

sapana
लाेकपाटी न्यूज

काठमाडौं। गायिका सपना थापाको नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक भएको छ। 2SR NEPAL द्वारा निर्माण गरिएको गीतको भिडियो आफ्नै युटुयुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन्।

गीतको भिडियोमा विवाहित पुरुष र अबिवाहित युवतीको माया प्रेमलाई दर्साइएको छ।
भिडियोमा लोमश शर्मा ,रेखा थापा र लक्ष्मी शर्माको अभिनय रहेको छ। सागर प्रधानको शब्द, संगीत महेश बिक्रम पाण्डेको एरेन्ज रहेको छ।

गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्। निर्देशक खत्रीको अघिल्लो हप्ता ओइ सानी नामक गीत निकै नै चर्चामा रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्