काठमाडौं। नायिका वर्षा शिवाकोटीको ‘हट एण्ड बोल्ड’ तस्बिरको पोजले यतिबेला सिने बजार पिटेको छ। चलचित्र छायाङ्कनका लागि ग्रीस पुगेकी वर्षाले ग्रीसको सेन्टोरिनीबाट इन्स्टाग्राम र फेसबुकमा आफ्ना केही ‘बोल्ड तस्वीर’ सेयर गरेकी छिन्।
यीनै तस्वीरका कारण वर्षालाई धेरै नकरात्मक र थोरै मात्र सकारात्मक कमेन्टहरु आइरहेका छन्। उनका अधिकांश तस्वीर सामान्य हुन्छन्। तर, यसपटक उनको तस्वीरले सिने बजार पिटेको छ।
उनलाई कतिपयले भनेका छन् ‘एउटा सरल स्वभावको कलाकारिता र एउटा राम्रो छवि एउटा तस्वीरका कारण धरापमा नपरोस ।’ अरुण लामाको चलचित्र ‘चालबाज’को छायाङ्कनका क्रममा ग्रीसमा रहँदा उनको हट पोजले बजार तताएको हो।





लाेकपाटी न्यूज

