काठमाडौं, ११ पुस । साहित्यकार बिमला हुमागाँईको ‘महसुश’ बोलको भिडियो गीत सार्वजनिक भएको छ। गायक राजेशपायल राईले आवाज दिएको गीतमा मनोज स्यासन राईले संगीत भरेका हुन्।
गीतकार हुमागाँई कानूनकी विद्यार्थी हुन्। जीवनमा माया प्रेम भौतिक रुपमा मात्र नहुने र प्रेमी छुट्टिदा उसको सम्झना मात्रले पनि प्रेमको अनुभुति गर्न सकिने हुँदा महसुशले पनि मन रोमाञ्चित हुन् सक्ने कुरा गीतमा देखाइएको छ। भिडियोमा स्वयम गायक राईले अभिनय गरेका छन् भने गीतकारको मनोभावनालाई भिडियोमा देखाउन खोजिएको छ।
कानूनको क्षेत्रमा क्रियाशिल व्यक्तिले रचना गरेको गीतमा आफूले आवाज दिन पाएकोमा खुसी लागेको गायक राईले बताए। गीतकार हुमाँगाईले आफ्नो नयाँ गीतको समेत निरन्तरता हुने बताइन्। ‘महसुश’ गीतको भिडियो साईराम पिक्चर्सको युटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो।



लाेकपाटी न्यूज

