कतारले दियो ९ नेपालीलाई आममाफी

Qatar_doha
लाेकपाटी न्यूज

काठमाडौं, १० पुस। विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवसको अवसर पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकहरुलाई नेपाल फिर्तीको तयारी गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्