काठमाडौं, ७ पुस। भक्तपुरको एभरेष्ट इंगलिश स्कूलका स(साना विद्यार्थीले विभिन्न साँंस्कृतिक कार्यक्रम प्रस्तुत गरेर मनोरञ्जन दिलाएका छन्। स्कूलको एक्स्टा एक्टिभिटिज करिकुलम अवार्ड डिष्टिव्युशन तथा वार्षिक कल्चरल कार्यक्रममा स्कूलका विद्यार्थीले गीत, नृत्य प्रस्तुत गरेका थिए।
उनीहरुले विभिन्न जातजाति भाषाभाषिले गीत तथा नृत्य प्रस्तुत गरेका थिए। साथै विद्यार्थीले गीत, नृत्यका अलावा जिम्याष्टिक, योग पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरका प्रमूख प्रेमनाथ पोखरेल, स्कूल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले कितावी ज्ञानका अतिरिक्त विद्यार्थीलाई अन्य ज्ञान पनि आवश्यक भएकोमा चर्चा गरे।



लाेकपाटी न्यूज

