मलेसियामा कामदारको तलव बढ्यो, नेपाली श्रमिकमा खुसियाली

maleshiya
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको पारिश्रमिक वृद्धि गर्ने भएको हो।

मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइला पुग्ने छ। अब जनवरीदेखि मलेसियामा काम गर्ने सबैको तलब वृद्धि हुनेछ। मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट हुनेछ। तलब बढेपछि प्रत्येक कामदारले न्यूनतम मासिक तलब करिव ३३ हजार रुपैयाँ हुनेछ।

अहिले मलेसियामा काम गर्ने कामदारको न्यूनतम तलव ११ सय रिंगेट छ। मलेसियाको वर्तमान गठबन्धन सरकार आउनु अघिको निर्वाचनका क्रममा हालको सत्तारुढ गठबन्धनले मजदुरहरुको न्यूनतम तलब १५ सय रिंगिट बनाउने प्रतिबद्धता जनाएको थियो। मलेसियाली सञ्चार माध्यम द सन दैनिकमा न्यूनतम तलब लागू हुने ५७ वटा शहरमा कार्यरत श्रमिकलाई एकै पटक न्यूनतम पारिश्रमिक लागू गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्