कस्तो बन्दैछ प्रदीप खड्काको ‘प्रेम गीत ३’

prem-geet
लाेकपाटी न्यूज

काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ का शीर्ष कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निभाएका अनुभव रेग्मीलाई देखाउँदै फस्ट लूक सार्वजनिक भएको छ।

आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ छन्। प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिकामा अनुभव रेग्मी र योगिशा खत्रीलाई देख्न सकिन्छ।

निर्माण टिमले कलाकारको क्यारेक्टर लूक पनि सावर्जनिक गरेको छ। यसअघि शिव श्रेष्ठको चरित्र देखाउने गरी पोस्टर सार्वजनिक गरिएको थियो।

चलचित्रको यतिबेला मनाङमा छायांकन भइरहेको छ। शूटिङ स्थलका केही तस्वीर निर्माण टिमले यसअघि पनि सार्वजनिक गरेको थियो। यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेका छन्।

चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनील थापा, सुजल बस्नेत, प्रेम पुरी, लक्ष्मी बर्देवा लगायतका कलाकारको समेत अभिनय रहनेछ। यसअघि मोसन पोस्टर र शीर्ष कलाकारको पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्