काठमाडौं, २३ मंसिर। सफल संगीत व्यवसायी टेलिभिजन कार्यक्रम प्रस्तोता, गीतकार, मोडल एवं निर्देशक सुवाश रेग्मीले आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरि गीत बजारमा लिएर आएका छन्। सयौं कलाकारहरुलाई बिन्ध्यवासिनी म्युजिक प्रालिमार्फत् लगानी गरेर स्थापित बनाइसकेका रेग्मीले विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानलमार्फत् आज सार्वजनिक गरेका हुन्।
लोकप्रिय गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीको आवाजमा रहेको यस गीतलाई संगीत भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले गरेका छन् भने संगीत संयोजन आशिष अविरलको रहेको छ। गीतको भिडियोलाई लोकदोहोरि भिडियोकै महानायक बनेर जनजनको मनमनमा बस्न सफल अनि लोकप्रिय निर्देशक एवं मोडल शंकर बिसीले निर्देशन गरेका गरेका हुन्।
अभिनय पनि उनै प्रिय निर्देशक शंकर बिसिकै रहेको छ जसलाई साथ् दिएकी छिन् अत्यन्तै सम्भावना बोकेकी मोडेल कविता आचार्यले। दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन चाहिँ नविन घर्ति मगरले गरेका छन्। गीतको अडियो तथा भिडियो धेरै मिहेनेत गरेर बनाइएकोले राम्रो बजार पाउन सफल हुने गीत निर्माण टिमले विश्वास लिएको छ।



लाेकपाटी न्यूज

