न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

padamprasahd baiedik
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर । न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राजीनामा दिएका छन्। न्यायपरिषदका सदस्य वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन्।

एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन्। उनलाई न्याय परिषदमा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री प्रचण्डको पालामा २०७३ कात्तिक १९ गते न्यायपरिषद सदस्य नियुक्त गरिएको थियो।

स्रोतका अनुसार सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि वैदिकले परिषदबाट राजीनामा दिएका हुन्। सर्वोच्च अदालतमा एउटा न्यायाधीश पद रिक्त छ।

न्यायाधीश केदार चालिसे यही मंसिर ४ गते अवकाश भएपछि उनको ठाउँमा वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको स्रोतले जनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बस्ने अबको परिषद बैठकले वैदिकको नाममा सिफारिस गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्