चितवन, १८ मंसिर। भरतपुर महानगरपालिका २६ स्थित नारायणी नदीमा आज बिहान गैंडा मृत अवस्थामा भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटिएको हो।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैंडा भेटिएको बताए। सो स्थानमा नदीले बगाएको अवस्थामा गैंडा भेटिएको थियो। गैंडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको छ।
घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए। बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ। यो सँगै चालु आर्थिक वर्षमा पाँचवटा गैंडा कालगतिले मरे। रासस



लाेकपाटी न्यूज
