गायक रविन लामिछानेको ‘हुनेवाली बुहारी’ गीत सार्वजनिक (भिडियो)

लाेकपाटी न्यूज

चितवन, १७ मंसिर । चर्चित लोक तथा दोहोरी गायक रविन लामिछाने र चर्चित गायिका सम्झना भण्डारीको नयाँ पञ्चे बाजाको गीत हुनेवाली बुहारी सार्वजनिक भएको छ। माया प्रेम र विवाहको सन्दर्भलाई जोडिएको गीतमा रविन लामिछाने र सम्झना भण्डारीको स्वर रहेको छ।

 

चितवनका पत्रकार तथा पर्यटन व्यवसायी नविन नेपालको निर्माणमा तयार भएको गीतमा गायक रविन लामिछाने कै लय, शब्द रहेको छ।विश्वास नेपालको संगीत संयोजन रहेको गीतमा पबित्रा न्यौपाने, प्रेम थापा र सन्तोष भट्टराईको अभिनय रहेको छ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतलाई प्रकाश खड्काले खिचेका हुन्। स्पन्दन मिडियाले बजारमा ल्याएको हो उक्त गीतको राजेश कुमारले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्