सिड्नीमा नेपाली युवा गौतमको हत्या

Australia pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसिर। अष्ट्रेलियामा एक नेपाली युवाको हत्या भएको छ। अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको हो।

ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको अनुमान छ। गौतमकी श्रीमतीलाई हत्याको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ। घटना लगत्तै घाइतेलाई वेष्टमिड अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याए लगत्तै गौतको मृत्य भएको घोषणा गर्‍यो।

प्रहरीले आज बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो। आगामी बिहीबार नोभेम्बर २८ तारिख उनको मुद्दाको अर्को सुनुवाइ पारामाटाको स्थानीय अदालतमा हुने भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्