मन्त्रिपरिषद् पुनर्गठन : चार मन्त्री हट्ने पक्का

लाेकपाटी न्यूज

काठमाडौं, ४ मंसिर। नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले चार जना मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले चार मन्त्रीको हेरफेर गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिएका छन्।

स्रोतकाअनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ।

यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ। नयाँ मन्त्री कोको हुने भन्ने टुंगो लागेको छैन।

सचिवालय बैठकले नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको एकल कार्यकारी अधिकार दिइएको छ।