नेपाल सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पुर्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ। स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च स्तरिय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा पिछडिएका क्षेत्रका सर्वसाधारण जनतालाई सर्वसुलभ, गुणस्तरिय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा उपलब्ध गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको हो।
गुणस्तरिय आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा सर्वसाधारणको पहुँचको दृष्टिकोणले नेपालको अति दुर्गम र पिछडिएको क्षेत्रमा बसोबास गर्ने समुदायबीच हाल रहेको विभेदपूर्ण स्थितिको सुधारमा मद्दत पुर्याउने प्रतिष्ठानको माध्यमबाट अति दुर्गम तथा ग्रामिण क्षेत्रका नेपाली जनताको हालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई सुधार गर्दै लैजाने उद्देश्यका साथ प्राविधिक रुपले सक्षम तथा सामाजिक उत्तरदायित्व बोध गर्न सक्ने चिकित्सक, स्वास्थ्य परिचारिका तथा अन्य विभिन्न तह र विषयका स्वास्थ्यकर्मीहरु उत्पादन, भौगोलिक, सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा अति नै पिछडिएका देशको सूचकांकलाई नै असर पारेको यस क्षेत्रका जनताको मानविय संवेदनालाई आत्मसाथ गरी गुणस्तरिय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा नेपालको अति दुर्गम र पिछडिएको क्षेत्रमा देखा पर्न सक्ने स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सम्वन्धि समसामयिक वैज्ञानिक अनुसन्धान गर्ने ध्येयका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका संसदको हैसियतमा संविधानसभाले एउटा छुट्टै ऐन २०६८ कार्तिक ३ गतेका दिन पारित गरि विधिवत रुपमा स्थापना गरिएको हो।
नेपालको अति दुर्गम र पिछडिएको क्षेत्रमा रहेको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा सम्वन्धि विद्यमान चुनौतिहरुको सशक्त रुपमा सामना गर्नका लागि आवश्यक स्वास्थ्य सम्वन्धि जनशक्ति उत्पादन गरी स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षा सम्वन्धि नविनतम अवधारणाको पहिचान तथा प्रभावकारी कार्यान्वयनका लागि यो एउटा स्वायत्त संस्थाको परिकल्पना गरिएको हो ।
तसर्थः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाको स्थापना भएदेखी आजसम्म आइ पुग्दा थुपै सकारात्मक र नकारात्मक पक्षहरु देखीएका छन्। सकारात्मक पक्षहरु केलाउँदै जाने हो भने शुरुवातका दिनदेखी आजसम्म आउँदा पहिले कर्णाली अञ्चलको सदरमुकाम भएको यस जुम्ला जिल्लाको अस्पतालमा न कुनै डाक्टर भेटीन्थे, न एक चक्की सिटामोलको सहज आपूर्ति हुन नै सक्थ्यो। जनताहरु एक चक्की सिटामोल पनि नपाएर अनाहकमा ज्यान गुमाउन विवश थिए। एउटा सानो रोगले समेत ज्यान गुमाउनु पर्ने बाध्यता थियो।
तराईका अस्पतालमा उपचार गर्नका निमित्त लाखौं खर्च गर्नु पर्ने त्यसैमा पनि कतिले हवाई जहाजबाट विरामी लैजादै गर्दा नेपालगञ्जको एयरपोर्ट मै मृत्युवरण गर्नु पथ्र्यो भने कतिले हवाईजहाजको टिकटको प्रतिक्षामा बस्दाबस्दै एयरपोर्टबाट नै आफन्तको लास लिएर चिहानघाटमा जानु पर्ने स्थिति थियो । तर, यो प्रतिष्ठान स्थापना भएदेखि आजसम्म आइपुग्दा यस शिक्षण अस्पतालमा ठूला (ठूला अपरेशनहरु भइरहेका छन् जुन नेपालका राजधानी बाहिरका अन्य अस्पतालमा सम्भव छैनन्। हाल यस शिक्षण अस्पतालमा १४-१५ जना प्रोफेसर, २४-२५ जना विशेषज्ञ चिकित्सक, ३० जना मेडिकल अफिसर (BBS) डाक्टरहरु तथा नर्सिङ्ग अफिसर, स्टाफ नर्स र विभन्न पारामेडिक्स गरी झण्डै १३० जना र केहि प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढी स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन्। हाल अमेरीकाबाट आउनु भएका हाडजोर्नी विशेषज्ञबाट पनि सेवा प्रवाह राम्रो भइरहेको छ ।
पहिलाभन्दा अत्याधुनिक औजार उपकरणहरुले विरामीहरुको उपचार भइरहेको छ। प्रशासन, ओ.पी.डी., इमर्जेन्सी, ल्याब, एक्स–रेलगायत दर्जनाै उपकरणहरुबाट सेवा प्रवाह हुँदै आइरहेको छ। यस प्रतिष्ठानले धनी अझ धनी हुँदै जाने गरीब झन गरीबीको रेखामुनी बस्न विवश हुनु पर्ने बाध्यताको अन्त्य गरी दिएको छ। किन की पिछडीएको क्षेत्रका अधिकांश नागरीकहरु अत्यन्त गरीबीको चपेटामा छन्। जसको ठूलो ठूलो अपरेशनका लागि सामथ्र्य नै रहँदैन, उनिहरुको लागि एउटा ठूलो अवसर हो।
प्रतिष्ठानद्वारा प्रदान गरिने सेवाहरु CT Scan, ICU, NICU, X-ray(CR), ECG, Ultra Sound, Eco tyf cTofw’lgs Lab Equipment जस्ता प्रत्यक्ष रोगी विरामी तथा बच्चाहरुको सेवाका लागि आवश्यक उपकरणहरुको व्यवस्था छन्। भौगोलिक रुपमा विकटताको नामाकरण गरिएता पनि यस क्षेत्रले नेपालको अति सुन्दर तथा रमणीय शहर जुम्ला तथा नेपाली भाषाको उद्गम स्थल जुम्लाले विश्व सामु आफ्नो नाम राख्न सफल भएको कुरा पनि विधितै छ। भविष्यमा जुम्ला आएर स्वास्थ्य शिक्षा आर्जन गर्न विदेशीहरु पनि लालाहित हुने छन् यसमा कसैको पनि दुई मत छैन।
अब कुरा रह्यो नेपाल सरकारको, आजभन्दा डेढ वर्ष अगाडि नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले प्रनिष्ठानको भवनभित्र प्रतिष्ठानको सिनेट बैठकमा कुलपतिको हैसियतमा बोल्दै भन्नु भएको थियो की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिछडिएको क्षेत्रका सम्पूर्ण जिल्लाहरुका जिल्ला अस्पतालमा आउने विरामीहरुको संख्यालाई आधार मानेर तत्काल मेडिकल कलेज स्थापना गरी BBS कार्यक्रम संचालन गर्ने भनेर एजेण्डा पास गर्नु भएको थियो ।
अन्तिममा आएर विभिन्न खाले टिका टिप्पणी गर्नुभन्दा पनि आफूले उठाएका विषयवस्तुलाई कार्यान्वयनमा ल्याउने की नल्याउने ? दोस्रो पटक प्रतिष्ठानको सेमिनार हलमा सहकुलपति तथा स्वास्थ्य मन्त्री माननीय उपेन्द्र यादवले बोलेका महत्वकांक्षी विषयवस्तुलाई व्यवहारमा उतार्ने की सपनामा देखेको अनौठो दृष्य हो भनेर भुलि दिने ? अर्को महत्वपूर्ण कुरा निवर्तमान कुलपति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिष्ठानको नवनिर्मित ३०० शैयाको भवन उद्घाटन गरेर ताम्रपत्रमा नाम लेखेर प्रतिष्ठानको प्रवेश गेटमा मात्र सिमित गराउने की प्रतिष्ठानको लागि थप उर्जा दिने ? प्रतिष्ठानका उपकुलपतिको कार्य शैलिले पनि नकारात्मक भूमिका उत्पन्न गरेको हो की भन्ने चिन्ता उतिनै छ।
बोलेर मात्र हुँदैन महामहिम ज्यू पिछडिएको क्षेत्रको लागि केहि गर्नुस्, हामीलाई भाषण चाहिएको छैन ? प्रतिष्ठान पहल समितिका संयोजक तथा हाल कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय नरेश भण्डारी र सहसंयोजक तथा पूर्वपर्यटन राज्य मन्त्री बल बहादुर महत र उक्त टिमले पहल ग¥यो अनि सफलता प्राप्त गरेको भएता पनि हाल आएर यस प्रतिष्ठानप्रति कसैको पनि चासो नदेखिनुले कतै प्रतिष्ठानको प्रतिष्ठाप्रति संकट पर्ने त हैन ? प्रतिष्ठानप्रति संघीय सरकार मौन किन ? आज प्रतिष्ठान स्थापनाको ७ वर्ष पूरा गरी आठांै वर्ष प्रवेश गरी सक्दा पनि सरोकारवाला निकायको ध्यान किन जान सक्दैन ? के पिछडिएको क्षेत्रका नागरिक यो देशका नागरिक होइनन्?
अन्तमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले BBS tyf cGo Masters Programme हरु सञ्चालन गर्ने अवसर पाएको खण्डमा ४५५ पिछडिएका क्षेत्रका स्थायी बासिन्दाहरुले कोटा पाउने छन् भने ५५५ नेपाल तथा विभिन्न विदेशी मुलुकका नागरिकहरुले स्वास्थ्य शिक्षा प्रदान गर्ने अवसर पाउने छन्। साथै जुम्ला स्वास्थ्य पर्यटन हवको रुपमा स्थापित हुनेछ। यसले गर्दा कर्णाली प्रदेशलगायत नेपाल सरकारलाई नै टेवा पुग्ने छ। अनि मात्र समावेशी संविधान र संघियताको मर्म साकार हुनेछ। यसले गर्दा दुई तिहाइको सरकारको सफलता हुनेछ। यदी सरकारले कर्णाली र पिछडिएको क्षेत्रको जनताको स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाको सपनालाई चकनाचुर बनाएको खण्डमा धिकार्ने छन् । यस क्षेत्रका जनताले साथै खस नेपाली भाषाको उद्गम थलोले नै सराप्ने छ । चेतना भया ।।



लाेकपाटी न्यूज

