तीन महिनामै अर्बमाथि नाफा कमाएको एनआईसीको अन्य सूचक कस्तो छ ?

लाेकपाटी न्यूज

काठमाडौं, ३० कात्तिक। एनआईसी एशिया बैंक (NIC Asia Bank Limited)  ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अर्ब माथि मुनाफा कमाएको छ। बैंकले तिन महिनामा १ अर्ब ९६ लाख ५ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ३४.१३ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ७५ करोड २६ लाख ९७ हजार खुद मुनाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानीमा कमी आउँदा पनि कर्च कटौतिका कारण बैंकको मुनाफामा वृद्धि भएको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख ५१ हजार रहेको छ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा १.३७ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ७९ अर्ब २४ करोड ४ लाख ८६ हजार पुर्‍याएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ खर्ब ७६ अर्ब ८२ करोड ६ लाख ८८ हजार निक्षेप संकलन गरेको थियो। बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ८.१६ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ५४ अर्ब २० करोड ३२ लाख १६ हजार पुर्‍याएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ खर्ब ४२ अर्ब ५७ करोड ४० लाख ५ हजार कर्जा लगानी गरेको थियो।

९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ५० करोड ८६ लाख ८० हजार राखेको छ। प्रथम त्रैमासमा बैंकले १ अर्ब ८४ करोड १४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा १।२२ प्रतिशतले कम हो। बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो।

यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ५३ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै सिसिडि रेसियो ७८. ३५ प्रतिशत, पुँजीकोष अनुपात १२.३ प्रतिशत, खराब शुन्य दशमलव ०.४५ प्रतिशत रहेको छ । बैंकको खरब कर्जामा वृद्धि भएको हो गत वर्ष र बैंकको खरब कर्जा ०.२५ प्रतिशत रहेको थियो। आधार ब्याजदर ९.५१ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१ प्रतिशत रहेको छ।