काठमाडौं, २८ कात्तिक। सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी धकेन्द्र खतिवडाले जानकारी दिए। दुर्घटनामा सवारी चालक सन्दीप परियार समेत घाइते भएका छन्।
उक्त जीपमा १० जनामात्रै सवार थिए । घाइतेको दाङ स्थित तुलसीपुर अस्पतालमा उपचार भइरहेको खतिवडाले जानकारी दिए। सल्यान फलावाङबाट दाङ जाँदै गरेको रा१ज ४३२ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो।


लाेकपाटी न्यूज
