काठमाडौं, २६ कात्तिक। नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा आज प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्।
राष्ट्रियता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली असफल भएकाभन्दै राजीनामा दिनुपर्ने उनीहरूको भनाइ थियो।नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’,
‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए।



लाेकपाटी न्यूज

