‘बैनी झ्यालैमा…’को भिडियो सार्वजनिक

लाेकपाटी न्यूज

काठमाडौं, २५ कात्तिक। बहिरा कलाकारा अभिनित गीत ‘बैनी झ्यालैमा…’को भिडियो सार्वजनिक भएको छ। प्रकास दुतराजको स्वर, शब्द, सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

प्रकाशकै निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन्। करणले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ। भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन्।

एभरेस्ट विश्व कृतिमानी तथा मिस एसइई २०१९ कि चौथो रनरअप बहिरा कलाकार सुजल बम द्वारा अभिनय गरिएको यो दोस्रो म्युजिक भिडियो हो। यस अघि विश्वकीर्तिमानी डा. डीआर उपाध्यायको गीत ‘झिम झिम परेली…’मा उनले अभिनय गरेकी थिइन। श्रद्धा भुसालको भने यो पहिलो हो म्युजिक भिडियो हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्