काठमाडौं, २५ कात्तिक। चलचित्र ‘लभ डायरिज’को नयाँ रिलिज डेट तय भएको छ। चलचित्रको सम्पूर्ण छायांकन सकाउँदै निर्माण पक्षले फागुन (भ्यालेन्टाइन डे) लाई रिलिज तोकेको हो।
छायांकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचिएको छ। अर्जुन पोखरेल शब्द तथा संगीत रहेको ‘छम छम छम।।।’ बोलको गीतमा दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ।
कोरियोग्राफर प्रविण सिंहले कलाकार सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा र प्रिन्सी खतिवडा र कमला घिमिरेलाई स्टेप्स सिकाएका छन्।
टिकटक हुँदै म्युजिक भिडियोमा व्यस्त प्रिष्मा र प्रिन्सीलाई पहिलो पटक चलचित्रको गीतमा फिचर्ड गरिएको हो। सौरभ चौधरी निर्देशित ‘लभ डायरिज’मा सुशील, रुबिना र विश्वजितको मुख्य भूमिका छ।



लाेकपाटी न्यूज

