लेबनानका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

२ हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री हरिरीले पदबाट राजीनामा दिएका हुन् ।
लाेकपाटी न्यूज

एजेन्सी। लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

२ हप्तादेखि सरकार विरोधी प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री हरिरीले पदबाट राजीनामा दिएका हुन् । हरिरीले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

आर्थिक अस्तव्यवस्ता, भ्रष्टाचार र गरीबीविरुद्ध भन्दै विगत १४ दिन अघिदेखि लेबनानमा सरकारविरोधी प्रदर्शन भइरहेको थियो ।