‘मेरो छोरा अभिनय गर्न नै सक्दैन’

sharu khan
लाेकपाटी न्यूज

एजेन्सी। बलिउडका शाहरुख खानले आफ्नो छोरा अभिनयका लागि ठिक नभएको बताएका छन्। उनले यसको कारण थुप्रै पटक बताइसकेका पनि छन् ।

शााहरुखले थुप्रै पटक उनका छोरा अभिनयमा नभई फिल्म निर्माणमा रुची राख्ने बताइसकेका छन्। आर्यन यतिबेला अमेरिकामा फिल्म निर्माणको पढाई पनि गरिरहेका छन्। केही दिन अघि एक कार्यक्रममा कुरा गर्दै शाहरुख खानले आर्यनको अभिनयबारे कुरा गरेका छन्। उनले आर्यनले अभिनय नगर्ने कारण पनि बताएका छन्।

शाहरुखले भने, ‘मेरो छोरा अभिनय गर्न चाहँदैन र मलाई लाग्छ कि उसले अभिनय गर्न नै सक्दैन। भारतमा यस्तै संस्कृति छ, फिल्मस्टारका छोरा फिल्मस्टार नै बन्छ भनिन्छ। ऊ राम्रो देखिन्छ, अग्लो छ, ठिक छ । तर उसमा त्यो कुरा नै छैन जुन अभिनयका लागि चाहिन्छ र उसलाई पनि यो कुरा राम्रोसँग थाहा छ।

ऊ एक राम्रो लेखक हो।’ उनले भनेका छन्, ‘आफ्नो तुलना सधैं बुवासँग हुने भएकोले आफू अभिनय गर्न नचाहेको आर्यनले मलाई बताएको थियो। उसले राम्रो गरेको खण्डमा मानिसहरुले ‘ऊ त शाहरुखको छोरा हो, यो त उसको जिनमा छ’ भन्छन्। यदि उसले राम्रो गर्न सकेन भने मानिसहरुले ‘हेर, बुवाले के गर्यो र उसले के गरिरहेको छ’ भन्छन्।’ शाहरुखले आर्यनको यी कुरालाई निकै इमान्दार र प्राक्टिकल बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्