गायक समिर घिसिङ पक्राउ

VTEN-Samit-Ghising
लाेकपाटी न्यूज

काठमाडौं, ७ कात्तिक । गायक समिर घिसिङ पक्राउ परेका छन्।  ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन्।

असइको बर्दी लगाएर हातमा गाँजा लिएको फोटो फेसबुकमा राखेका गायक घिसिङलाई  नेपाल प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

घिसिङविरूद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको। हामी यस्तै त हो नि ब्रो नामक गीतमा प्रहरीको मानमर्दन गर्ने तथा अश्लील शब्दहरू प्रयोग भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्