छुटे गायक दुर्गेश थापा

durgesh-thapa
लाेकपाटी न्यूज

काठमाडौं, ५ कात्तिक । गायक दुर्गेश थापालाई प्रहरी छाडेको छ। विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको हो।

तिहारको अवसर पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी आज बालाजुबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको महाशाखाका प्रमूख एसएसपी सहकुल कुमार थापाले जानकारी दिए।

दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो। तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्