सरकारसँग वार्ता गर्न विप्लव नेकपाका दुई शर्त, के–के ?

biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडाैं। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकतालाई निःशर्त रिहा गर्नुपर्ने शर्त अघि सारेको छ ।

चन्द समूहको गत असोजमा सम्पन्न आठौं पूर्ण बैठकले यस्तो निर्णय लिएको हो । तर, बैठकले सरकारले अघि सारेको वार्ताको कुरा पत्यार गर्न लायक नभएको निष्कर्ष निकालेको छ ।

‘सरकारले आफ्नो फाँसीवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’को हतियार प्रयोग गरिरहेको सन्दर्भमामा पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमान्दारीका साथ प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरुलाई छोडेर निःशर्त आएमा सकारात्मक रुपले सोच्ने निर्णय लिएको छ,’ विप्लव नेकपाले उल्लेख गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।