काठमाडौं, ४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले सचिव पदबाट राजीनामा दिएकी छिन् । स्वास्थ्य मन्त्रालायका अनुसार सरकारले आज चौधरीको राजीनामा स्वीकृत समेत गरिसकेको छ।
डा. चौधरी गत वर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा गएकी थिइन्। चौधरीले राजीनामाबारे पटक-पटक मुख्य सचिवसँग परामर्श गरेपनि विशिष्ठ श्रेणीको अधिकारीले सरकारविरुद्ध पहिलोपटक मुद्दा हालेको भन्दै उनको राजीनामा स्वीकृतिमा अवरोध भइरहेको थियो।
पछिल्लो पटक चौधरीले सरकारविरुद्ध हालेको मुद्दा फिर्ता लिए पछिमात्रै राजीनामा स्वीकृत हुने वातावरण बनेको हो। डा. चौधरी अदालत गएर सरकारको निर्णय उल्टिएपछि नै स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव रहेका थिए।



लाेकपाटी न्यूज

