काश्मीरमा गाेलाबारी, दुई भारतीय सैनिककाे मृत्यु

उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भिर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।
लाेकपाटी न्यूज

एजेन्सी। जम्मू–काश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो ।

उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भिर घाइते भएका छन् । अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र पाकिस्तानले २०५० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका थिए । यसमा २१ नागरिकले ज्यान गुमाइसकेका छन् । युद्धविराम उल्लंघनमा आतंकवादीको घुसपैठ पनि शामेल छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले श्रीनगरमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ । जसका लागि १० भन्दा बढी आतंकवादी श्रीनगर आसपास क्षेत्रमा लुकेर बसेका छन् । खुफिया सुत्रको हवाला दिँदै उनीहरु कारवाहीका लागि उपयुक्त समयको प्रतिक्षामा रहेको बताइएको छ ।