‘हामीलाई रोक्न खोज्नेहरु नै खरानी हुनेछन्’

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, १ कात्तिक। नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

चन्दले विज्ञप्तिमार्फत् चेतावनी दिँदै भनेका छन्, ‘क्रान्तिकारीहरुमाथि दमन गर्नेहरु नै अन्तिममा खरानी हुनेछन्।’
विप्लवले पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित नेता कार्यकर्ता गिराफ्तार गरेकोमा आपत्ति जनाउँदै रिहाइको माग गरेका हुन्।

असोज ३० गते राति जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ केपी वलीको फासिवादी सरकारले हाम्रो पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड ईञ्चार्ज कमरेड वीरजङ्ग, राप्ती ब्युरो ईञ्चार्ज कमरेड सुवास, ब्युरो सदस्यहरू कमरेड सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम ईञ्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ ईञ्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको छ। उक्त सामाजिक फासिवादी गिफ्तारीको पार्टी घोर विरोध एवं भत्र्सना गर्दछ।’

Biplop