पारिश्रमिकको विषयमा करीना कपूरले पोखिन् पीडा

karina kapur 1
लाेकपाटी न्यूज

एजेन्सी। बलिउड अभिनेत्री करीना कपूरले अभिनेताको जति नै पारिश्रमिक आफूले पाउनु पर्ने बताएकी छिन्। उनले अभिनेता र अभिनेत्रीलाई बढी र कम पारिश्रमिक दिनुभन्दा पनि बराबर दिनुपर्ने बताएकी छिन्।

उनले जियो मामी मुभी मेलामा करण जौहर र आलिया भट्टसँगको कुराकानीको क्रममा यस्तो बताएकी हुन्। फिल्ममा काम गर्ने नायक नायिका दुबैलाई बराबर पारिश्रमिक मिल्नु खुशीको कुरा भएको उनले बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्