काठमाडौं, २७ असोज। जिवन सफल बनाउन भाषामा गम्भिर हुनुपर्छ। सहरी युवामा अंग्रेजीको नकारात्मक क्रेज र कुप्रभावले गर्दा नेपाली भाषा कमजोर हुँदैछ। पहाडी गाउँका युवामा अंग्रेजी भाषा कमजोर छ।
तराईबासी युवामा नेपाली र अंग्रेजी दुबै भाषा कमजोर छ। नेपाली हुनु भनेको कम्तिमा नेपाली भाषा कमजोर हुनु हुँदैन। बरू पछि अंग्रेजी सुधार्न सकिन्छ तर, नेपाली भाषा कमजोर भयो भने जिवनमा हण्डर खाइन्छ। नेपाल अहिले बायलिंगुअल मुलुक भैसक्यो, विदेशी सहयोगका प्रोजेक्टका कारण नेपाली र अंग्रेजी दुबै भाषामा सरकारी कामकाज नगरी सुख छैन, दुबै राम्रो हुनैपर्छ। बहुभाषिक मुलुक भएकोले अन्य नेपालका भाषा पनि सबैले राम्रो बनाउँदै लग्नैपर्छ।
सहरी युवा र तराईका युवाको तुलनामा पहाडका युवाको हातमा मुलुकको शासन वा प्रशासन पुग्नुको खास कारण भाषामा दख्खल पनि एक हो। तराईमा न नेपाली, न अंग्रेजी, न हिन्दी भाषा राम्रो रहेको पाईन्छ। यसरी त शासन प्रशासनमा पस्न तराईबासी युवालाई विस्तारै कठीन हुदै जाने र पसे पनि सहज सफल हुन् नसक्ने संभावना रहिरहन्छ।
अरू भाषासमेत नभए पनि न्युनतम नेपाली र अंग्रेजी त सबैले राम्रो बनाउनै पर्छ है ! नेपालमा सत्तामा रहन वा चलाउने चाहना छ भने ! युरोपमा अंग्रेजी जस्तै नेपालमा सयकडौं वर्ष देखि प्रचलन र सम्पर्क भाषामा निरन्तर विकसित हुदै आएको नेपाली भाषा अहिले नेपालको मात्र भाषा हैन, ७० देशमा यो फैलिएको छ। यसलाई केही देश भारत, अमेरिका लगायतले अफिसियल भाषाको दर्जा पनि दिईसकेका छन्।
नेपाली भाषाको जननी संस्कृत भाषा भएका कारण जसले नेपाली भाषा जानेको छ, उसले संस्कृत जननी भएको अधिकांश भाषा सहजै बुझ्न सक्ने र सिक्न सक्ने क्षमता पनि स्वतः राखेको हुन्छ। नेपाली जान्नेलाई हिन्दी, उर्दू, मैथिली, अवधि, पंजाबी, भोजपुरी, बंगाली, असमी बुझ्न त्यति कठिन हुँदैन। त्यस्तै जापानी भाषा सिक्न पनि नेपाली जान्नेलाई धेरै सजिलो हुन्छ।
संस्कृत शब्द भाषा कसैबाट बनाइएको हैन, खोज गरिएको हो, संस्कृतमा हरेक आकृति वा वस्तुका निम्ति अलग्गै ध्वनि हुन्छ। संस्कृतको सही उच्चारण गर्दा मात्र आकृति अभिव्यक्त हुन्छ । संस्कृतमा लेखिएका मन्त्रहरू नबुझे पनि फरक पर्दैन, तर तिनको उच्चारण सही गरिएको हुनुपर्छ। सबै वस्तु र आकारका अलग-अलग ध्वनि हुन्छन् भन्ने संस्कृतका खोजकर्ताले हजारौं वर्ष अघि नै ज्ञान पाएका थिए। संस्कृतको फिजिक्स यही हो, जुन संसारको अन्य भाषामा हुदैन। एक आकारः एक ध्वनिः एक शब्द । संस्कृत भाषामा ध्वनि प्रमूख अरू गौण हुन्छ।
विश्वभरि प्रिन्टिंग प्रणाली छापाखानाको आविस्कार भएपछि करिव कूल १३.५ करोड पुस्तक छापिएका छन्। भारत मै सरकारसँग संस्कृतका अप्रकासित पाँडुलिपी ३.५ करोड छन्, निजी पाँडुलिपी कति होलान्, अथाह छ। बिदेशमा पनि संस्कृतका पाँडुलिपी छन्ः युरोपमा ६० हजार र दक्षिण एसियामा १.५ लाख जति रहेका छन् भनिन्छ।
नेपालमा पनि ८ लाख छन्।
विदेशी अतिक्रमणकारी र हिन्दूईतर धर्मान्धहरूले संस्कृतका करोडौं पाँडुलिपी र पुस्तक ध्वस्त गर्दागर्दै पनि अहिलेसम्म यतिका पत्ता लागेको छ। यी सबै प्रकाशित र अनुवादित हुने हो भने मानवजातिले संस्कृत ज्ञानरूपी समुद्रको कति लाभ लिनेछन् कति !
जग कमजोर भएको घर वा संरचना कस्तो हुन्छ ? जग कमजोर बनाइयो भने के हुन्छ ? हाम्रो भाषा संस्कृति, ज्ञान, कला, विज्ञान, पर्व, संस्कार, न्याय र शासन व्यवस्थाका जग संस्कृत भाषा र साहित्य हुन्, जननी हो। यो जग कमजोर हुँदा हामी बलियो हुन् कसरी सक्छौं ! हामीलाई कमजोर बनाउने शत्रू अरू कोही हैनन्, ती त संस्कृतको अथाह बैभव र सम्पदालाई हेय दृष्टिले हेर्ने बिरोध गर्नेहरू हुन्।
ती पराया हैनन, परायाका चंगुलमा जानी नजानी फसेका वा ब्रेनवास गरिएका वा प्रलोभनमा परेर आफ्नै खुट्टामा बन्चरो हान्ने स्वजातीय नै हुन्। जरालाई रेट्नेहरू जराबिहीन हुन्छन् र जराबिहीनहरू कहिले सम्मानीत, सक्षम र गौरवान्वित हुन सक्दैनन्।



लाेकपाटी न्यूज

