अख्तियारद्वारा घुस लिएको अभियोगमा प्रध्यानाध्यापक पक्राउ

Akhtiyar aayog
रासस न्यूज

काठमाडौं, १४ असाेज। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिएको अभियो उनीहरुमाथि लागेको छ ।

आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्