दुर्गेशकाे ‘बोल्दैन फोटो’ सार्वजनिक (भिडियोसहित)

लाेकपाटी न्यूज

काठमाडाैं, १३ असाेज। चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको नयाँ गीत ‘बोल्दैन फोटो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

लोकप्रिय गायक डेबिड शंकर र भावना आचार्यको स्वरमा सजिएको नयाँ भिडियो ‘बोल्दैन फोटो’को भिडियोमा दुर्गेशसँगै अस्मिता पुरीको दमदार अभिनय रहेको छ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ। शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र अस्मिताको अभिनयको धेरैले तारिफ गरेका छन्।

यसअघि ‘बग्ने खोला’ र ‘मूलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको गीत दुर्गेश थापाको च्यानलबाट अपलोड गरिएको छ।

भिडियाे हेर्नुस्ः 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्