कृषि विकास बैंक रकम चाेरी प्रकरणः लाहन शाखाका कर्मचारी पक्राउ

Krishi-Bikas-Bank
लाेकपाटी न्यूज

काठमाडौं, १२ असाेज। कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहन शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो । बैंकले कार्यालयकाे कर्मचारीकै मिलेमताेमा साे चाेरी भएकाे यसअघि नै आशंका गरेकाे थियाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्