कैलाली, ११ असोज। लागुऔषध कारोबारीलाई समात्ने क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ।
प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका–१३ का सत्तु रानालाई पक्राउ गरेको छ।
रानालाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुरमा बस्नेतले जानकारी दिए।
‘यस क्रममा सत्तु राना पक्राउ परे पनि अर्का एकजना भाग्न सफल भएका छन्,’ बस्नेतले भने, ‘ती व्यक्तिको खोजी गरिरहेका छौं।’
विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी टोली खटिएको थियो।



लाेकपाटी न्यूज

