‘विप्लवजी, बन्दुक बिसाएर चुनावमा आउनुस्’

madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन विप्लव नेकपालाई आग्रह गरेका छन्। बन्दुक उठाएर कुनै शासन नआउनेभन्दै बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन आग्रह गरेका हुन्।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै उनले सम्यम भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने बताए ।