‘व्यक्तिगत चाहनामा हाेइन, सामूहिक एकतामा विश्वास गराैं’

suresh bastola
लाेकपाटी न्यूज

काठमाडाैं। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मिति २०७५ जेष्ठ ३ मा पार्टी एकता भई नेकपा गठन भएको १६ महिना पुगिसकेको छ। यति बेला दुई पार्टीबीच सहमतिअनुरुप संगठानिक एकता र भातृसङ्ठन एकताकाे काम द्रुत रुपमा अगाडि बढिरहेकोछ।

प्रमूख नेतृत्वहरु यो सङ्गिन समयमा बहुत चनाखो, विवेकी र सही मूल्यांकन कर्ता हुनु पर्ने सम्पूर्ण नेकपा समर्थकको भनाई रहेको छ। सो अनुरुप इमानदारले नेतृत्व नपाएमा नेकपाको ठूलो हिस्सा निष्क्रिय रुपमा रहने अहिलेकाे अवस्थाले देखाएको छ।

एकातिर दुईतिहाई वामपन्थी सरकारले जनमुखी कार्य गर्न नसक्नु, सरकार बेला बेलामा आलोचित भइरहनुले नेकपाकै समर्थक हिस्सालाई ठूलो चोट पुगेकोछ।अहिलेको सांगठनिक एकता र भातृसंगठन एकतामा पनि कुनै व्यक्ति विशेषको रुचिलाई प्राथमिकता दिने हो भने यो एकताले ठूलो उपलब्धी हात पार्ला जस्तो देखिन्न। राजनीतिक वितृष्णाले यति बेला हरेक नागरिक आत्तिएका छन्। यस्तो अवस्थामा नेकपाले जनमूखी कार्य गर्नु आजको आवश्यकता एवं समयको माग पनि हो।

जसअनुरुप अर्को चुनाव आईपुग्दासम्म नेकपा बाहेक अरु शक्तिले यसकाे फाइदा लिने अवस्था देखिन्छ। तसर्थ, आजै विवेकी बनौं, व्यक्तिगत चाहनाभन्दा सामूहिकतामा विश्वास गरौं। हामी सबै मिलेर एकताबद्ध नेकपा निर्माणको महाअभियानमा लागी परौं।

– सुरेश बास्तोला, भरतपुर–१३

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्