राजपा नेपालकाे संयाेजकमा महन्थ ठाकुर

mahanta-thakur
लाेकपाटी न्यूज

काठमाडौं, ६ असाेज । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरले पाएका छन् । उनले सोमबारदेखि नै अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो । तराई मधेस केन्द्रित ६ वटा पार्टी एकीकरण भएर बनेको पार्टी राजपामा ती सबै ६ वटै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् ।

तिनीहरुमध्येबाट पालैसँग अध्यक्ष मण्डलको संयोजक चयन हुने व्यवस्था गरिएको छ । यसअघि अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव थिए ।