‘सानोमा आमाको चड्कन धेरै खाएँ’

tanuja-kajol
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। बलिउड अभिनेत्री काजोलकी आमा तनुजा ७६ वर्षकी भएकी छन्। तनुजा बलिउडकी वरिष्ठ अभिनेत्री हुन्। उनको जन्म २३ सेप्टेम्बर १९४३ मा भएको थियो।

उनी खासगरी ‘बहारें फिर भी आएङ्गी ’ ९१९६६०, ‘हाति मेरे साथी’ ९१९७१० र ‘अनुभव’ ९१९७१० जस्तो चलचित्रको लागि चिनिन्छिन्। ६० र ७० को दशकमा संजिव कुमार, धर्मेन्द्र र राजेश खन्नाको साथमा उनको जोडी चर्चित छन्। तनुजाको जन्मदिनमा उनकी छोरी काजोलले भावनात्मक स्मृतिसहितको शुभकामना दिएकी छन्।

‘सानोमा धेरै थप्पड खाएकी छु’ मलाई स्मरण छ की मेरो गालामा धेरै नै थप्पड परेको छ। जब मेरो पहिलो सन्तान ‘न्यासा’ जन्मिइन्, तब मैले मेरो आमालाई भनेकी थिए, ‘आमा मलाई थाहा छैन तपाईले मलाई आज सम्म कति माया गर्नुभयो र मेरो कसरी ख्याल राख्नुभयो।

मेरो पालन पोषणको लागि तपाईलाई म धन्यवाद दिएर सक्दिन। जब आज म आफैँ आमा बने र अर्को बच्चाको स्याहार गर्न थाले तब मलाई थाहा भयो यो कति मुश्किल काम हो। यो खाना खुवाउने कुरा मात्र हैन, कुरा जिम्मेवारीको हो। हामी आफ्नो बच्चालाई के सिकाउँछौँ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ।’

यो म सानो हुँदाको कुरा हो, मेरी आमालाई गाली गर्ने बानी थियो। यति बिचमा मैले धेरै चड्कन पनि पाएकी छुँ। उनी धेरै नराम्ररी गाली गर्थिन। जब म जन्मिए तब मेरी आमाले मलाई गाली गर्नु नराम्रो बानी भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, जसले गाली गर्छन्, उनीहरुको शब्दकोष राम्रो हुन्न। तब मैले उनैलाई सोधेँ, ‘त्यसोभए, तपाई किन गाली गर्नुहुन्छ ?’ त्यसपछि उहाँले मलाई गाली गर्न छोड्नुभयो। यो सारै ठूलो निर्णय थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्