दशैंको मूखमा खसी चोर्ने पक्राउ

khasi99
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। गैंडाकोट प्रहरीले ६ वटा खसी चोर्नेलाई पक्राउ गरेको छ। गैंडाकोट शिलन्यास चोकमा धीरज कुमाल नाम गरेका व्यक्तीले २ वटा खसी लिएर हिँड्दै गर्दा प्रहरीलाई शंका लागेपछि सोधपुछ गर्दा खसी चोरेको स्विकारेको प्रहरीले जनाएको छ।

उनिमाथि थप अनुसन्धान गर्दा भरतपुर रमाइलो चोकमा आफ्नो काका पंकज कुमालको घरमा थप खसीहरु रहेको भेटिएको थियो। ती खसिसहित दुबै जनालाई पक्राउ गरी ल्याइएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिपक कुमार कार्कीले बताए।

उनीहरुले रत्ननगर १४ टाँडीका पशुराम गुरुङ्गको ५ वटा, नन्दराम गरुङ्गको दुईवटा गरी ७ वटा चोरेर ल्याएको बताएको कार्कीले जानकारी दिए। उनिहरुले २ गते खसी चोरेका थिए। प्रहरीले उनीहरुको साथबाट ६ वटा खसी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्