सेक्सबारे हरेकले जान्नैपर्ने २५ भ्रम, २५ सत्य

best-sexy-couple
लाेकपाटी न्यूज

सेक्स मानव जीवनको अभिन्न अंग हो। सेक्सलाई सकारात्मक रुपमा लिँदा यसले मानिसको शारीरिक र मानसिक जीवनमा सकारात्मक उर्जा दिन्छ। तपाईलाई लाग्ला मैले सेक्सबारे सबै कुरा जानेको छु। तर, त्यो भ्रम हो, सत्य होइन।

सेक्स सम्बन्धी केही यस्ता तथ्य र भ्रमहरु छन्, जुन कुरा तपाईले आफ्नो जीवनमा जान्नैपर्छ। सेक्ससँग जोडिएका २५ भ्रम र २५ सत्यबारे जान्नुहोस्।

(क) सेक्स सम्बन्धि २५ भ्रमहरु

  • सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन्।
  • यौन सन्तुष्टिका लागि एकै समयमा चरमोत्कर्ष आवश्यक हुन्छ।
  • पुरुषको मात्र स्वप्नदोष हुन्छ।
  • स्वप्नदोष यौन समस्याको संकेत हो।
  • कुमारी युवतीसँग सेक्स गरे यौनरोग निको हुन्छ।
  • निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ।
  • विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउन सकिन्छ।
  • हस्तमैथुन गर्दा लिंगको नशा भाँचिन्छ।
  • भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ।
  • महिलाभन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ।
  • गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन्।
  • सेक्सको चाहना राख्नेबित्तिकै उत्तेजित हुनु सेक्सपावर हो।
  • लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन।
  • मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ।
  • यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ।
  • पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ।
  • एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ।
  • महिनावारीको बेला गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ।
  • पहिलोपटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन्।
  • दूध खुवाइरहेको समयको सेक्समा महिला गर्भवती हुँदिनन्।
  • सेक्सका लागि महिला गर्भवती नहुने सुरक्षित अवधि पनि हुन्छ।
  • स्खलन हुने बेलामा योनीबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरीका हो।
  • होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन्। तर, समलिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन्।
  • निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो।
  • ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन्।

(ख) सेक्स सम्बन्धि २५ तथ्यहरु

  • सेक्सका क्रममा महिलाहरु स्खलित हुँदैनन्, सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ।
  • यौन सन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन।
  • रातिको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन्।
  • स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन्।
  • कुमारी महिलासँग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन, बरु यौन रोग महिलामा सर्न सक्छ।
  • निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन। एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चिँदैन।
  • लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन, शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।
  • हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो, यसबाट नशा भाँच्चिँदैन।
  • भ्यासेक्टोमी पुरुषका लागि र ट्युबेक्टोमी महिलाका लागि गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन। बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ।
  • पुरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन, यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ। यो महिला वा पुरुष हरेकमा फरक हुन सक्छ।
  • गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन्।
  • यौन चाहना हुँदा पुरुषको लिंगमा उत्तेजना आउँछ।
  • उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिँदैन, यसका लागि अरु तथ्यहरु पनि उत्तिकै जिम्मेवार हुन्छन्।
  • महिनावारीको अन्त्य महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो।
  • यौन शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द सेक्सतिर जाँदैंनन्। तर, यसले उनीहरुमा यौन बुझ्ने क्षमता वृद्धि गराउँछ।
  • सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन्।
  • कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन। सामान्यतः कुमारीहरुमा योनिको झिल्ली च्याँतिदा रगत आउन सक्छ। यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ। त्यसैले पहिलो सेक्सका क्रममा रगत आउँछ भन्नु भ्रम मात्र हो।
  • महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ। तर, त्यसका लागि दुवै पक्षले चाहनुपर्छ। महिलाको स्वास्थ्य र चाहना यसमा मूख्य रुपमा जिम्मेवार हुन्छ।
  • पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन्।
  • बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुन सक्छन्। तर, गर्भवती भने हुन्छन्।
  • महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ। तर, पूर्णतः सुरक्षित भने हुँदैन।
  • वीर्य स्खलन भएको समयमा योनीबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैन। पूर्ण रुपमा वीर्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ।
  • वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो।
  • निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थकर कुरा नै हो, यसबारे कुनै चिन्ता लिन जरुरी छैन।
  • यौन सन्तुष्टिका लागि ठूलो या सानो लिंगले कुनै महत्व राख्दैन। महिलालाई यौन सुख लिंगको आकारले होइन, यौन सम्बन्धि कलाले दिने गर्दछ।