काठमाडौं, ५ असोज। बैंक अफ काठमाण्डूका पूर्व प्रमूख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई शुक्रबार राति छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको सीआईवीले जनाएको हो।
पाँच करोड रुपैयाँ ऋण दुरुपयोग गरेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारीलगायत रहेको सीआईबीका प्रमूख डिआईजी निरजबहादुर शाहीले जानकारी दिए ।
लुम्बिनी बैंक मर्ज हुनुअघि नै ऋण दूरुपयोग भएको हो। पूर्वसीईओ श्रेष्ठले झापाको जग्गा धितो राखेर बैंकबाट ऋण चलाएका थिए। उनले ऋण लिँदा बैंकमा बुझाएको सबै कागजपत्र नक्कली भएको पुष्टि भएको छ। सुरेन्द्रले ऋण तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो। उनले राखेको धितो बैंकले खोज्दै जाँदा खोलाको बगर भेटिएको थियो।
श्रेष्ठले राखेको कागजपत्र सबै नक्कली भएको पुष्टि भएपछि बैंकले ’किर्ते’ कागजपत्र बनाएको भन्दै प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको थियो। बैंकका बहालवाला केही कर्मचारी र पूर्वकर्मचारीहरु रहेका छन्।



लाेकपाटी न्यूज
