काठमाडौं, ४ असोज । कालो मेहन्दी लगाएर बोइलर कुखुराका चल्ला बेच्ने दुई जना पक्राउ परेका छन्। कालो मेहन्दी लगाएर चल्ला बेच्ने २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्लाभन्दै बेचिरहेका उनीहरूलाई बाँके प्रहरीले पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमूख हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन्।
उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेकासहित करिव एक सयजति चल्ला बरामद गरिएको छ। पक्राउ परेका दुबै जना प्रहरीको हिरासतमा रहेका छन्।



लाेकपाटी न्यूज

